काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गीरिराजमणी पोखरेलले सरकारले ल्याएको बजेटले राम्रा विश्व विद्यालय खोल्नको लागि ढोका खोलेको बताएका छन् । पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले बजेट बृद्धिको सन्देश दिएको भन्दै जनताको माग अनुसारको काम गर्दै जाने बताएका हुन् ।

बजेट घट्ने क्रम अन्तिम भएको भन्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालय रुपान्तरणमा र प्राविधिक विद्यालयको व्यवस्थापनको पक्षमा बजेट आएको बताए । प्रारम्भिक रुपमा बजेट जसरी बढ्नु पर्ने सबैको माग थियो, तर अहिले आएको बजेटलाई उत्साहापूर्ण रुपमा लिनु पर्ने समेत उनले बताए ।
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस ।
https://youtu.be/n-KkQqmh-EE
१६ जेष्ठ २०७५, बुधबार
245
Shares







