७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

देश र जनताको आवश्यकता अनुसार बजेट आएको छ : प्रधानमन्त्री ओली [भिडियो सहित]



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको आवश्यकता अनुसार बजेट आएको बताएका छन् । पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देश बनाउने संकल्प, योजनालाई सहयोग पुग्ने गरी बजेट आएको बताएका हुन् ।

बजेटले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने दीर्घकालीन उद्देश्य अनुसार आएको बताए । सपना बाडेको भन्ने प्रतिपक्षीले आरोप लगाएको छ नी भन्ने प्रश्नमा ओलीले भने, ‘के जनतालाई निराशा बाड्ने, विकास नगर्ने, यो गर्छु त्यो गर्छु भनेर केहि नगर्ने’ भनेर प्रतिप्रश्न गरेका थिए ।
सामाजिक सुरक्षा भत्तालाई ५ हजार पु¥याउने सरकारको योजना भए पनि केहि समय धर्य गर्नुपर्ने बताए । सांसद विकास कोषको रकम दुरुपयोग भएको भन्ने जनताको गुनासो आएकाले अबको बजेट दुरुपयोग नहुने गरी संयन्त्र बनाइएको पनि प्रधानमन्त्री ओलीले बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार  ५ : ५१ बजे