६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

टंकराज र बेनिषा मुटुभित्र बास खोज्दै [भिडियो सहित]



काठमाडौं । पछिल्लो समय मोडलिङमा करियर खोज्दै अभिनयमा लागेका छन् टंकराज होङेलु कुलुङ । म्यूजिक भिडियोबाट मोडलिङ र अभिनय शुरु गरेका कुलुङले ३ वटा गीतको म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

भर्खरै सार्वजनिक भएको ‘मुटुभित्रै देउन मलाई बास’ भन्ने बोलको गीतमा नायिका बेनिषा हमालसँग दमदार स्क्रिन शेयर गरेका छन् । मार्केटिङ व्यवसायमा छुट्टै पहिचान बनाएका कुलुङले मोडलिङ र अभिनयमा पनि आफ्नै पहिचान बनाएका छन् ।

हाईलाईट्स नेपालको युट्युब च्यानलबाट म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा कन्काईष्ट राईले आवाज दिएका छन् । शव्द रचना राजुबाबु श्रेष्ठको रहेको छ । संगीत राजनराज शिवाकोटी, एरेञ्ज साहास शाक्यको रहेको छ । म्यूजिक भिडियोलाई निकेश खड्काले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/Ml6MzGPYfLA

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार  २ : ४९ बजे