चिकित्सा सेवा महाशाखाको सूचना अधिकारीमा डा सिंह

49 Shares

काठमाडौँ, स्वास्थ्य मन्त्रालयले सूचना प्रवाहलाई सहज बनाउन चिकित्सा सेवा महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहलाई सूचना अधिकारीको जिम्मेवारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले माथिल्लो तहको कर्मचारीलाई सूचना अधिकारीको जिम्मेवारी दिन प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएबमोजिम सचिवस्तरीय निर्णयबाट डा सिंहलाई सो जिम्मेवारी दिइएको जानकारी दिए ।

यसअघि पनि मन्त्रालयले सूचना अधिकारी तोकेपनि त्यसको प्रभावकारी नतिजा नआएपछि सहसचिव तहका कर्मचारीलाई सो जिम्मेवारी दिइएको श्रेष्ठको भनाइ छ । सरकारी कार्यालयमा सहजरुपमा सूचना प्राप्त गर्न नसकिएको र कर्मचारीले सूचना लुकाउने गरेका जनगुनासो आएपछि सबै सरकारी कार्यालयमा माथिल्लो तहका कर्मचारीलाई सूचना अधिकारी नियुक्त गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको बताइएको छ ।

सूचना अधिकारीको जिम्मेवारी पाएपछि आफूले प्रभावकारीरुपमा सूचना प्रवाहमा भूमिका खेल्ने सूचना अधिकारी डा सिंहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार