कोस्टारीकालाई पराजित गर्दै सर्बियाले निकाल्यो पहिलो जीत [भिडियो सहित]

Facebook Debugger

काठमाडौं । विश्वकपको समूह ‘ई’ को पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई पराजित गर्दै पहिलो जीत दर्ता गरेको छ । प्रतिस्पर्धात्मक खेलको ५६ औं मिनेटमा अलेक्जेण्डर कोलारोभले गरेको गोल नै सर्बियाको जीतमा निर्णायक बन्न पुग्यो ।

पाँचौ पटक विश्वकपमा सहभागी कोस्टारिका सर्बियन टिमको तुलनामा सन्तुलित देखिए पनि प्रभाव पार्न सकेन । फिफा वरियतामा २३ औं स्थानमा रहेको कोस्टारिकालाई ३४ औं स्थानमा रहेको सर्बियाले पराजित गर्दै आफ्नो पक्षमा जीत दर्ता गरेको हो ।
समूह ‘ई’ कै दोस्रो खेलमा राति पौने १२ बजे ब्राजिल र स्वीट्जरल्याण्ड खेल्दै छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार