ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो [भिडियो सहित]

210 Shares

काठमाडौं । ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको हो ।

खेलमा ब्राजिलले सुरुवाति अग्रता लिदै २० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेका थिए । प्रशिक्षक टिटेको नेतृत्वमा रहेको ब्राजिलले नेइमारसँगै गाब्रियल जेसिस र विनियनलाई अगाडि खेलाएको थियो । तर, ५० औं मिनेटमा स्टीभन जुवेरले गोल गर्दै बराबरी बनाएका थिए ।

यो बराबरीले ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पनि पूर्णविराम लगाएको छ । समूह ‘ई’ मा रहेको दुबै टोलीले अब सर्विया र कोष्टारिकासँग खेल्न बाँकी छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/3XqIEIBbfBo

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार