भूकम्प पीडितलाई सबै पक्षबाट पीडित पारिन्दै,कसरी आवास निर्माण गर्ने

7 Shares

चौतारा, गोरखा भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा १० प्रतिशत पीडितले अझै आवास निर्माण गर्न सकेका छैनन् ।

कामदारको अभाव, निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि र गुनासोमा परेका पीडितको निर्णय भई आउन समय लागेको छ । जिल्लामा भूकम्प पीडित लाभग्राही सूचीमा ७८ हजार ५३७ परिवार थिए । गुनासोमा दर्ता भएर निर्णय भइसकेका समेत ८५ हजार ४६३ लाभग्राहीसँग आवास निर्माणको सम्झौता भइसकेको छ ।

अझै पनि गुनासोमा निवेदन आइरहेकाले लाभग्राहीको संख्या बढ्न सक्ने जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन कार्यान्वयन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख इञ्जिनीयर माधवजङ्ग कार्कीले जानकारी दिए।
उहाँका अनुसार भूकम्पबाट जमीन चिरा परेका र पहिराको उच्च जोखिममा परेका ६९३ परिवारमध्ये १२८ परिवारलाई उपयुक्त स्थानमा जग्गा खरीद गरी जगाधनी पूर्जा प्रदान गरिसकेको छ । अन्य ५६५ परिवारको भने अझै टुंगो लगाउन बाँकी रहेको प्रमुख कार्कीले बताए ।

जिल्लामा हालसम्म दोस्रो किस्ताका लागि ७० हजार ९१२ र तेस्रो किस्ताका लागि ३० हजार २९० परिवारको सिफारिश गरिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख इञ्जिनीयर टंक गौतमले जानकारी दिए । उहाँका अनुसार कुल लाभग्राहीमध्ये ९७।९० प्रतिशतले सम्झौता गरिसकेका छन् ।
त्यसैगरी दोस्रो किस्ता ८६ प्रतिशत र तेस्रो किस्ता ३७ प्रतिशतले मात्र गरेका छन् । दोस्रो किस्ताका लागि यही असार मसान्त र तेस्रो किस्ताका लागि आगामी पुस मसान्तभित्र सिफारिश गरिसक्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार