प्रधानमन्त्रीले सांसद र कार्यकर्तासँग नियमित भेटघाट गर्ने

Facebook Debugger

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साप्ताहिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र पाक्षिक रुपमा नेकपाका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।

साप्ताहिक रुपमा हरेक शुक्रबार उनले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म सांसदसँग भेटघाट गर्ने उहाँका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले क्रमशः सातवटै प्रदेशबाट प्रतिनिधित्व गरेका सांसदलाई भेट गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
नेकपाका संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले प्रत्येक महिनाको पहिलो दिन र १५ गते कार्यकतासँग पनि भेटघाट गर्ने भएका छन् ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले महिनाको पहिलो दिन बिहान ११ देखि १ बजेसम्म धुम्बाराहीस्थित पार्टी कार्यालय र १५ गते पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोही समयमा कार्यकतासँग भेटघाट गर्ने प्रेस सल्लाहाकार अर्यालले जानकारी दिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार