जितेर पनि पेरु बाहिरियो, फ्रान्स र डेनमार्क नकआउट चरणमा

182 Shares

काठमाडौं । फ्रान्स र डेनमार्क विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी बाट फ्रान्स समूह विजेता र डेनमार्क उपविजेता हुँदै अन्तिम १६ मा पुगेका हुन् ।
मंगलबार राति भएको खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि दुबै टिम अघिल्लो चरणमा पुगे । समूह विजेता फ्रान्सले दुई खेलमा जीत र एउटामा बराबरी गर्दै ७ अंक जोड्यो भने डेनमार्कले एक खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ५ अंक जोड्यो । चालु विश्वकपमा गोलरहित बराबरीमा सकिएको फ्रान्स र डेनमार्कबीचको खेल नै पहिलो हो ।
यसै समूहमा रहेका अष्ट्रेलिया र पेरु भने पहिलो चरणबाटै बाहिरिएका छन् । मंगलबार भएको अन्तिम खेलमा पेरुले अष्ट्रेलियालाई २–० ले हराए पनि अघिल्ला २ खेल हारेकाले आफूलाई दोस्रो चरणमा र्पुयाउन सकेन ।

मंगलबार पेरुलाई सान्त्वना जित दिलाउन १८ औं मिनेटमा एन्ड्रे क्यारिलो र ५० औं मिनेटमा पाउलो गुरेरोले गोल गरे । तर यसअघिको खेलमा उसले फ्रान्स र डेनमार्कसँग पराजय व्यहोरेका कारण अघिल्लो चरण जान सकेन । अष्ट्रेलियाले भने समूह चरणमा जम्मा १ खेल बराबरी र्गयो भने दुई खेलमा पराजय व्यर्होयो । उसले पेरु र फ्रान्ससँग पराजय व्यर्होयो भने डेनमार्कसँग बराबरी खेलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार