मेक्सिको हारे पनि अन्तिम १६ मा प्रवेश

147 Shares

काठमाडौं । मेक्सिको हारे पनि विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार भएको समूह एफको खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै स्वीडेन समूह विजेता हुँदै नकआउट चरणमा पुगेको हो ।

मेक्सिकोलाई जीतेपछि खुशी मनाउदै स्वीडेनका खेलाडीहरु ।

पराजित भए पनि यसअघिका २ खेल जितेको मेक्सिको उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो । पहिलो हाफ बराबरीमा रोकिएको खेलमा स्वीडेनका लुडविग अगुस्टिन्सनले ५० औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ६२ औं मिनेटमा एन्ड्रेस ग्रानभिस्टले गोल गरेका थिए ।
त्यसपछि ७४ औं मिनेटमा मेक्सिकोका एडसन अल्भारेजले आत्मघाती गोल गरेपछि स्वीडेन ३–० ले पराजित भएको हो । जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिकोले स्वीडेनसँग भने पराजय व्यहोर्नु प¥र्यो ।

मेक्सिकोलाई जीतेपछि खुशी मनाउदै स्वीडेनका खेलाडीहरु ।

समूह चरणमा २÷२ खेल जितेका र मेक्सिकोले बराबर ६ अंक जोडेको छ । तर गोल अन्तरको आधारमा स्वीडेन समूह विजेता बनेको हो ।
बुधबार नै भएको समूह एफ अन्तर्गतकै जर्मनी र दक्षिण कोरियाको खेलमा जर्मनी पराजित भएपछि मेक्सिकोको अघिल्लो चरण प्रवेश सहज भएको हो । जर्मनीले दक्षिण कोरियालाई पराजित गरेको भए मेक्सिको बाहिरिने पनि सम्भावना थियो । तर दक्षिण कोरिया र जर्मनीको खेल आफू अनुकुल आएपछि मेक्सिकोको अन्तिम १६ प्रवेश सहज भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार