ब्राजिल समूह विजेता, स्वीट्जरल्याण्ड पनि अन्तिम १६ मा

147 Shares

काठमाडौं । साविकको विजेता समूह चरणबाटै बाहिरिँदा ब्राजिलले भने समूह विजेता बन्दै अन्तिम १६ स्थान बनाएको छ । बुधबार राति भएको खेलमा सर्बियालाई २–० ले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो । कोष्टारिकासँग २–२ को बराबरी खेलेको स्वीट्जरल्याण्ड भने समूह ईको उपविजेता बनेको छ ।
खेलअघिसम्म सर्बिया आक्रमक देखिएको थियो । उसका प्रशिक्षकले पनि केही पनि असम्भव छैन भनेका थिए भने स्ट्राइकर मिट्रोभिकले ब्राजिललाई किन नहराउने भनेका थिए ।
पहिलो खेलमा स्वीटजरल्याण्डसँग १–१ बराबरीमा रोकिएको ब्राजिल दोस्रो खेलमा कोष्टारिकाविरुद्ध इन्जुरी टाइममा मात्र गोल गर्न सकेकाले पनि सर्बिया आशावादी थियो । तर, ब्राजिलका प्रशिक्षक टिटेले फर्नान्डिन्हो र पाउलिन्होलाई खेलाए, जसले उसको मिडफिल्ड निकै मजबुत देखिएको छ ।

खेलमा अग्रता पनि पाउलिन्हाले नै दिलाए । काउटिन्हाको पासमा उनले ३६ औं मिनेटमा गोल गरे । दोस्रो हाफको सुरूवाति १५ मिनेटमा ब्राजिलले यो अग्रता जोगाउन निकै मेहनत गर्नु परेको थियो ।
आक्रामक खेल खेलेको सर्बियाका मिट्रोभिकलाई ब्राजिलियन डिफेन्डरहरूले पोष्टमा धाबा बोल्ने अबसर नै दिएनन् भने उनको डेड बललाई गोलकिपरले सहजै नियन्त्रणमा लिए ।
खेलको ६८ औं मिनेटमा थिएगो सिल्भाले अग्रता दोब्बर पारेपछि सर्बियाको पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना सकियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार