दुम्सीको दुलामा पसेका ४ बेहोस, १ को अवस्था अज्ञात

Facebook Debugger

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा आज बिहान भिरको दुलामा छिरेका ५ जनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ ।
सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
हराएका एकजनाको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तविक्रम राणाले जानकारी दिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार