प्रदेश नं ५ को आर्थिक विधेयक पारित

Facebook Debugger

बुटवल । प्रदेश नंं ५ मा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक (प्रदेश नं ५ आर्थिक विधेयक, २०७५) बहुमतले पारित भएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेको विधेयकका पक्षमा ‘हुन्छ’ भन्नेको बहुमत भएकाले विधेयक पारित भएको घोषणा गरे । यसअघि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव मुख्यमन्त्री तथा आर्थिक मामिला, योजनामन्त्री शंकर पोखरेलले प्रस्तुत गरेका थिए । विधेयकको विपक्षमा नेपाली काँग्रेसले मत जाहेर गरेको थियो ।
त्यसअघि प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले सहमति, सहकार्य र एकताका साथ अघि बढ्न विपक्षीलाई आग्रह गर्दै नीति प्रक्रियाबाट विभिन्न विषयको सम्बोधन हुने बताए ।
बैठक बहिष्कार गरेर टुंगोमा पुग्न नसक्ने उल्लेख गर्दै उनले प्रदेशसभामार्फत आवाज बुलन्द गरेर मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे । उनले भने, “असहमति राख्ने विषय पनि प्रणालीगत हुनुपर्छ ।”
मुख्यमन्त्री पोखरेलले प्रतिपक्षको आवाज बुलन्द गर्न नै प्रदेशसभा आवश्यक भएको उल्लेख गर्दै प्रतिपक्षीविनाको बैठक सञ्चालन सुखद् नभएको बताए । उनले बजेटमा सत्ता र प्रतिपक्ष नहुने बताउँदै बजेटमा राजनीतिक पूर्वाग्रह नराखिएको तर्क गरे ।
भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले आवश्यकताका आधारमा बजेट विनियोजन भएको उल्लेख गर्दै प्रदेश सरकारबाट तयार गरिएको योजना संश्लेषण गर्न सकिने बताए । बजेटका विषयमा सामाजिक विकासमन्त्री सुदर्शन बराल र भूमि व्यवस्था तथा कृषिमन्त्री आरती पौडेलले पनि प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिएका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार