प्रदेश नं ७ को बजेटमाथि छलफल पुनः शुरु

Facebook Debugger

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको बैठकमा सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याएको बजेटमाथिको छलफल आजबाट पुनः शुरु भएको छ ।

गएको आइतबारयता बजेट विनियोजनको प्रकृतिप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षले अवरोध सिर्जना गर्न थालेपछि बजेटमाथिको छलफल हुन सकेको थिएन ।
सरकार र प्रतिपक्षीबीच बैठक सञ्चालन बनाउनेबारे भएको सहमतिपछि बुधबार बसेको प्रदेशसभाको बैठकको विशेष समयमा सरकारका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले बजेटको विषयलाई लिएर देखिएको प्रतिपक्षीको असन्तुष्टिको सुनुवाइ गर्ने प्रतिबद्धता जनाएका थिए ।
आजको बैठकमा प्रदेशसभा सदस्यहरु बलदेव रेग्मी, पूर्णा जोशी, लालबहादुर खड्का, अमरबहादुर साउदले सरकारले ल्याएको बजेट कार्यक्रमको स्वागत तथा समर्थन गरे भने प्रतिपक्षका सदस्य भरतबहादुर खड्का, अम्बीकुमारी थापा र मालामतिकुमारी राना थारुले सरकारले डल्लो बजेट ल्याएको भन्दै त्यसको विरोध गरेका थिए ।
प्रदेशसभाको अर्काे बैठक असार १५ गते अपराह्न ४ बजे बस्नेछ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार