पोल्याण्डसँग हारेपनि जापान र कोलम्बिया अन्तिम १६ मा

140 Shares

काठमाडौं । समूह चरणको अन्तिम खेलमा पोल्याण्डले जापानलाई हराएको छ । तर, कोलम्बियाले सेनेगललाई हरायो र दुई पहेँलो कार्ड कम खाएका कारण जापानको भाग्य चम्किएर अन्तिम १६ मा पुगेको छ ।

जापान पोल्याण्डसँग हारेपनि अनुशासनका कारण अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह एचमा रहेको जापानलाई सहज रुपमा अघिल्लो चरण पुग्न पोल्याण्डसँग कम्तिमा बराबरी चाहिएको थियो । तर, ५९ औं मिनेटमा बेडनारेकको गोलको मदतमा पोल्याण्ड १–० ले विजयी भयो ।
अर्को खेलमा कोलम्बियाले सेनेगललाई पनि समान १–० गोल अन्तरले नै हरायो । उसको जितमा यारी मिनाले ७४ औं मिनेटमा गोल गरेका थिए । जितसँगै कोलम्बिया तीन खेलबाट ६ अंकसहित समूह एचको विजेता बनेको छ ।

गोल गरेपछि कोलम्बियाका खेलाडीहरु खुशी साटासाट गर्दै ।

जापान र सेनेगलको समान ४ र ४ अंक भयो । गोल डिफसेन्स पनि समान भएका कारण कार्डका आधारमा अघिल्लो चरण जाने टोली छनोट भयो । जापानले चार वटा मात्र पहेँलो कार्ड पाएको थियो भने सेनेगलले ६ वटा पाएको रहेछ । त्यही २ वटा बढी पहेँलो कार्ड उसका लागि विश्वकपको यात्रामा बाधक बन्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार