बोलेरो दुर्घटना हुँदा सोलुखुम्बुमा ६ जनाको मृत्यु

  बुद्धवीर बाहिङ
469 Shares

तस्वीरः अमृता राई

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यानमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आज बिहान नेचासल्यानबाट काठमाण्डौं जादै गरेको को १ ज १८६० नम्बरको बोलेरो दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् । उनलाई उपचारको लागि मिनस अस्पताल ओखलढुंगा लगिएको छ । जीपमा ७ जना सवार रहेको प्रहरी नीरिक्षक प्रधुम्न अधिकारले बताए ।
सोलुदुधकुण्ड वडा ११ तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट बोलेरो करिब १ हजार मिटर तल खसेको नीरिक्षक अधिकारीले बताए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार