सिकानलाई असारे चटारो

फोटोः लोक चन्द« थापा

Facebook Debugger

काठमाण्डौं । धान दिवसको अवसरमा,प्रदेश,केन्द« लगायत विभिन्न राष्ट्रिय पार्टीका नेताहरुले धान रोपेर, किसानहरुलाई हस्तेमा हैसे भने झै,गरिरहेको अवस्थामा,देशको वास्तविक किसानहरुलाई भने धेरै सकस छ ।

नेपाली उखान तुक्का मुठी खाएर,मुरी उब्जाउने समय हो असार महिना,त्यसमा पनि विशेष दिन भने १५ गते मान्ने चलन छ । नेपाल कृषि प्रधान देश हो, कृषि उपज बिना मानवले बाँच्न कल्पना गर्न सकिन्न । नेपालको उबर जमिन दिन प्रतिदिन बाँझोपनमा परिणत हुने क्रम बढ्रदो छ । यस तर्फ नेपाल सरकार कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रलाय साथै सम्बन्धित निकायले ध्यान केन्दि«त गर्न जरुरी छ । आजै मात्र उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय धान दिवसको अवसरमा धान रोप्दै,देशको उर्बर जमिन बाँझो राख्न नपाउँने भू उपयोग नीति सरकारले चाँदै ल्याउने बताए ।

सरकारले जस्तो सुकै नीति तथा कार्यक्रम तय तर्जुमा गरेता पनि नेपालको आम युवा जशक्ति रोजगारी निम्ति विभिँन्न मुलुकमा श्रम गर्न जाने क्रम बढ्रदो त्यसको कारणले आज असार १५ गतेका दिन सम्म पनि देशका २० बीस प्रतिशत जमिनमा रोपाई हुन सकेका छैन । सिकानहरु असारे चतारोमा,बृद्ध,बृद्धा,सुत्केरी भन्न पाएका छैन । खेतमा जोतिन बाध्यकारी  छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार