सरोकारवालासँग सरकारी वकील र न्यायधीशको अन्तरक्रिया

Facebook Debugger

ओखलढुंगा। उच्च सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय ओखलढुंगाले सरोकावाला निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।
सरकारी वकील कार्यालयले सम्पादन गर्ने काम र न्याय सम्पादनमा सरोकारवाला निकायको भूमिका प्रष्ट्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रिय धान दिवसका दिन शुक्रबार सदरमुकाम ओखलढंगामा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरुले न्यायीक निकायले सम्पादन गर्ने काम र विद्यमान नीति नियमका बारेमा जिज्ञासा राखेका थिए ।
उच्च अदालत विराटनगर, अस्थायी इजलाश ओखलढुंगाका बरिष्ठतम् न्यायधीश टेकराज नेपालको अध्यक्षतामा भएको अन्र्तक्रियामा उच्च सरकारी वकील कार्यालयका निमित्त सहन्यायधीवक्ता खडानन्द गौतमले सरकारी वकील कार्यालयले सम्पादन गर्नु पर्ने काम र न्यायसम्पादनमा सरोकारवालाहरुको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि सहभागीहरुले राखेका जिज्ञासाको सम्बोधन पनि कार्यपत्र प्रस्तुतकर्ता गौतमले नै गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला न्यायधीश कैलाश केसी, उच्च अदालतका न्यायधीश शालिकराम कोइराला र बरिष्ठतम न्यायधीश टेकराज कोइरालाले मुद्दामा अनुसन्धान प्रकृया प्रमाण नै महत्वपूर्ण भएकाले प्रमाण जुटाएर विद्यमान कानुन अनुसार मुद्दा अभियोजन गर्न ध्यानाकर्णण गराउनुभएको थियो । उहाँहरुले मुद्दासँग सम्बनध राख्ने विभिन्न सरोकारवाला निकायलाई मुद्दामा प्रमाण जुटाउन, अनुसन्धान प्रभावकारी र चाँडो गर्न न्यायीक निकायलाई सहयोग गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
अतिथी वक्ताहरुले मुद्दा कमजोर हुने मुख्य कारण कानुन एकातिर, अभियोजना अर्कातिर हुनु, न्यून प्रमाण तथा प्रमाण दिन ढिलाइ, अनुसन्धानमा ढिलाइ हुनु लगायतका कारण रहेको जानकारी गराउनुभएको थियो ।
सदरममुकाम ओखलढुंगामा आयोजित अन्तक्रियामा विभिन्न सरकारी कार्यालयलका प्रमुख प्रतिनिधी, सञ्चारकर्मी लगायतका सरोकारवालाहरु सहभागी रहेको निमित्त जिल्ला न्यायधीवक्ता सिर्जना घिमिरेले बताउनुभयो ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार