साथै एण्टेनाको लागत मूल्य भन्दा प्रति एण्टेनाको मूल्य १० हजार थप गरी स्थानीयबासिन्दा सँग बार्गेनिङ गरेको समेत प्रमाणित भएको छ । हिमाल एफ.एम.का प्रमुख एवं कान्तिपुर टेलिभिजनका जिल्ला सम्वाददाता भानुभक्त निरौलाले हावाहुरीले लडाएको टावरमा स्थानीयसँग ४ वटा एण्टेनाको २ लाख ४० हजार रुपैयाँ माग गरेका थिए । तर निरौलालाई पैसा दिनुको सट्टा स्थानीय बिमल मगरले उल्टै निरौलालाई पिठ्यूँ फर्काएर देखाईदिएका थिए ।
हिमाल एफ.एम.ले आईएमई जनरल ईन्स्यूरेन्स कम्पनीमा बीमा गरेको ट्रान्समिटर, अडियो प्रोसेसर, डिभाइडर, ट्रान्सफर्मर, जेनेरेटर, ब्यारिक्स, वायरलेस, अन्य पावर सप्लाई सिस्टम, व्याट्री र एण्टेनाको बीमा दाबी गरिएको छ । २०७६ फागुनमा हिमाल एफ.एम. ले ती उपकरणको ३१ लाख ७५ हजार रुपैयाँ बराबरको बीमा गरेको थियो ।
हेरौं उनले बीमा कम्पनीलाई लेखेको आवेदन

उनले रेडियोको टावर ढल्नसाथ सोही दिन अर्थात वैशाख ४ गते नै उक्त आवेदन इन्स्यूरेन्स कम्पनीमा बुझाएका थिए ।

स्थानीय बिमल मगरसँग एण्टेनाको पैसा माग्दा उनले एण्टेनाको बीमा नगरिएको र अरु विद्युतीय उपकरणको मात्र बीमा गरिएकोले स्थानीयले भराउनुपर्ने बताएका थिए । तर उनले बीमा गरेको ३१ लाख ७५ हजार रुपैयाँ रकम मध्ये ३ लाख रुपैयाँ बिमा रकम एण्टेनाको मात्र रहेको छ ।
अब हेरौं उनले कुन कुन उपकरणको बीमा गरेका थिए ?


निरौलाले मच्चाउन चाहेको ४ कर्तुत !
२०७७ साल वैशाख ४ गते हुरीले ढलेको टावरमा स्थानीयलाई फसाएर रकम असुल्न चाहेको यिनै प्रमाण पर्याप्त छन् । हिमाल एफ.एम.का प्रमुख एवं कान्तिपुर टेलिभिजनका जिल्ला सम्वाददाता भानुभक्त निरौलाले स्थानीय बिमल मगरबाट पैसा फुत्काउन अनेकौं जुक्ति निकालेको थिए । प्राप्त कागजातहरुबाट उनले निम्न ४ कर्तुत मच्चाउन चाहेको पुष्टि भएको छ ।
अवैध रकम असुली गर्ने
बिमल मगरसँग एण्टेनाको पैसा माग्ने क्रममा भानुभक्त निरौलाले एण्टेना बाहेकको सामानको मात्र बीमा गरिएको बताएका थिए । यो कुरा स्टेशन म्यानेजर शिखरजंग श्रेष्ठद्वारा हस्ताक्षरित जेठ ८ गतेको विज्ञप्तीमा समेत स्वीकारेका छन् । एण्टेनाको बीमा गरी बीमा रकम समेत दाबी गरिसकेको अवस्थामा शिखर जंग श्रेष्ठ र भानुभक्त निरौला हल बाँधेर पैसा माग्न जानु भनेको अवैध रकम असुली गर्नै गएका हुन् । यसमा निरौला र श्रेष्ठले होइन भनेर जत्ति नै दाबी गरेपनि पुष्टि हुने कुनै आधार देखिदैन ।
लागत मूल्य भन्दा १० हजार बढी असुल गर्ने
उनले प्रत्येक पटक एण्टेनाको पैसा माग्ने क्रममा प्रति एण्टेना ६० हजार पर्ने र ४ वटाको २ लाख ४० हजार नभई नहुने बताएका थिए । तर एण्टेनाको खुद मूल्य प्रति एण्टेना ५० हजार मात्र रहेछ भन्ने कुरा बीमा गरिएको रकमबाटै पुष्टि भएको छ । उनले स्थानीय बिमल मगरसँग किन भनेनन् प्रति एण्टेना ५० हजार रुपैयाँ पर्छ भनेर ? यसमा पनि बिमल मगर लगायत स्थानीयले रकम दिएका थिए भने प्रत्येक एण्टेनाको पर्ने मूल्य भन्दा पनि १० हजार बढी असुल्न खोजेको पुष्टि भएको छ ।
रकम असुल्न सके दामासाही बाँड्ने
उनले बीमा रकम दाबी गर्दै आईएमई ईन्स्योरेन्स कम्पनीमा आवेदन दिँदै गर्दा २० लाख रुपैयाँ क्षति भएको भन्दै हिमाल एफ.एम.को फेसबुक पेजमै प्रकाशित गरेका थिए । वैशाख ४ गते हुरीले टावर लडाएपछि स्थानीय बासिन्दा त भोलिपल्ट मात्र पुगेका थिए पत्तालेमा । एण्टेनामा स्थानीय बासिन्दाले क्षति र्पुयाएकाले पैसा माग्नु भनेको उक्त टावर लड्दा एण्टेनामा चाहिँ क्षति पुगेको थिएन भन्नु हो । टावरको टुप्पोमा भएको एण्टेना भुँइमा बजार्दा क्षति पुगेको थिएन भने फलामको टावरको मात्र २० लाख पर्थ्र्यो त ? बीमाबाट प्राप्त रकम सञ्चालक समितिलाई देखाउने र बिमल मगरले दिईहालेका थिए भने पैसा उठाउन हल बाँधेर गएका दुवै जनाले दामासाही बाँड्ने नियत यसबाट प्रष्ट हुन्छ ।
अदालत जाने धम्की दिएर पैसा झार्ने
स्थानीय बिमल मगरसँग निरौलाले पैसा माग्ने क्रममा पटक पटक भनेका थिए पैसा नदिए अदालत जान्छु, पुलिस केस लगाईदिन्छु वा सार्वजनिक अपराध सम्बन्धी मुद्दा चलाईदिन्छु । (बिमलसँग उनले बोलेको अडियो सुरक्षित छ) तर उनले सब पैसाकैलागि धम्क्याएको साबित भएको छ ।
किनकि स्थानीयले टावरको एण्टेनामा क्षति र्पुयाएको भनिएकै ४० दिन वितिसक्दा पनि उनले प्रहरीमा जाहेरी दर्ता गरेका छैनन् । कानुनमा सार्वजनिक अपराध सम्बन्धीको जाहेरी ७ दिनभित्र र अन्य प्रकृतिको अपराधको हकमा ३५ दिनभित्र अदालतमा अभियोग पत्र दर्ता गरिसक्नुपर्ने प्रावधान छ ।
यो पनि पढ्नुहोस् ।
फ्याक्ट चेक : हावाहुरीले लडाएको टावरबाट एफ.एम. प्रमुखले २ लाख ४० हजार लिन खोजेको वास्तविकता यस्तो रहेछ !
एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण : रिपोर्टरलाई धम्की दिएर समाचार हटाउन लगाएको पुिष्ट !
एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण : विज्ञप्तीले उब्जाएको ६ प्रश्न ?
भानुभक्त निरौलाको अर्को कर्तुत : रेडियो उपकरणको भुत्तानीमा बेइमानी !
हिमाल एफ.एम.प्रकरण : ‘उनी हात मिलाउन आए, मैले छाती समाते’






