नेपालगञ्जमा करेन्ट लाग्दा २ जनाको मृत्यु

133 Shares

नेपालगञ्ज । विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा करेन्ट लागेर बाँके राप्तीसोनारी गाउँपालिका–६ मेहबानपुरका दुई युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ बजे विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खसेपछि करेन्ट लागेर सोही स्थानका ३४ वर्षीय सुरेश चौधरी र २२ वर्षीय टीकाराम चौधरीको मृत्यु भएको छ । सो घटनामा तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर २ वटा गाई, २ वटा भैँसी र ५ वटा बंगुर मरेका छन्, भने करेन्टका कारण केही घरमा आगो लागेको बताइएको छ । प्रहरीले घटनाको छानविन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार