अर्जेन्टिनाको लज्जास्पद हार, फ्रान्स क्वार्टरफाइनलमा

238 Shares

काठमाडौं । विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनाले लज्जास्पद हार व्यहोरेको छ । केलिन एम्बाप्पेको २ गोलको मदतमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जन्टिनालाई ४–३ गोल अन्तरले हराएको हो । दोस्रो हाफको सुरुमा नै गोल खाएको फ्रान्स ११ मिनेटपछि ३ गोल गर्दै खेलमा फर्किएको थियो ।
उसका लागि एम्बाप्लेले लगातार २ गोल गरेका थिए । खेलको इन्जुरी टाइममा सर्जियो एग्युरोले गोल गरेपनि अर्जेन्टिनाको हार टार्न सकेनन् । काजानमा भएको खेलमा अग्रता पनि फ्रान्सले नै लिएको थियो । खेलको १३ औं मिनेटमा मार्कोस रोजोले एम्बाप्पेलाई फउल गरेपछि पाएको पेनाल्टीमा एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए ।
पहिलो हाफको निर्धारित समय सकिन ४ मिनेटपछि एन्जल डि मारियाले उत्कृष्ट गोल गरेका थिए । दोस्रो हाफको सुरुमा अर्जेन्टिनाले अग्रता लिएको थियो । लिओनल मेस्सीको प्रहारमा मेकार्डोको खुट्टामा लागेर बल गोलमा परिणत भएको थियो ।
तर, यो अग्रता टिक्न सकेन । ५७ औं मिनेटमा बेन्जामिन पाभर्डले बराबरी गोल फर्काएका हुन् । खेलको ६४ र ६८ औं मिनेटमा एम्बाप्पेले लगातार २ गोल गर्दै टिमको अग्रता ४–२ बनाएका थिए । अर्जेन्टिनाको टिम अन्तिम १६ बाटै बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार