स्पेनलाई पेनाल्टी सुटमा हराउँदै रसिया क्वार्टरफाइनलमा

Facebook Debugger

काठमाडौं । स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा स्पेनका कोके र लागो आसपासको प्रहार रसियाली गोलकिपरले रोकेका थिए ।

निर्धारित ९० मिनेटमा दुवै पक्षबाट १–१ गोलको बराबरी भएपछि खेल थप ३० मिनेटसम्म खेलाइएको थियो । तर अतिरिक्त समयमा पनि दुवै पक्षबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
खेलको १२ औं मिनेटमा रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता लियो । उनले डी एरियामा क्लियर गर्न लागेको बल सिधै गोलपोस्टभित्र छिरेपछि स्पेन १–० ले अग्रता लिने अवसर पायो ।

रसियालाई खेलमा फर्किन ४१ औ मिनेटको पेनाल्टीसम्म पर्खिनुर्पयो । आर्तेन डेजुबाले पेनाल्टीमार्फत गोल गरेपछि खेल १–१ को अवस्थामा पुग्यो । तर त्यसपछि निर्धारित समय ९० मिनेटसम्म दुवै पक्षाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
स्पेनले भरपर्दा मिडफिल्डर आन्द्रे इनेस्टालाई प्लेइङ ११ मा समावेश गरेको थिएन । उनलाई खेलको ६० औं मिनेटमा मात्र मैदान प्रवेश गराइएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार