मेक्सिकोलाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

Facebook Debugger

काठमाडौं । बलियो टोली मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले हराएको हो ।

मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो । पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो । साथै गोल गर्ने केही मौका समेत पाएको थियो ।

तर, दोस्रो हाफमा ब्राजिल हाबी भयो । ५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट फर्मिनोले गोल गरेर ब्राजिलको जीत पक्का गरेका थिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार