सामान्य अंकले बढ्यो शेयर बजार

0 Shares

काठमाडौँ, लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने सामान्य बिन्दुले उकालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर बजार मापक परिसूचक नेप्से ०।६५ बिन्दुले बढेर एक हजार १८०।३६ बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ परिसूचकसमेत ०।२२ बिन्दुले बढेर २४८।२५ बिन्दुमा पुगेको छ । आज कूल १६२ कम्पनीको नौ लाख १५ हजार १३६ कित्ता शेयर रु २१ करोड ८१ लाख ९८ हजार ९९८ मूल्यमा खरिद बिक्री भएको छ ।

आइतबार र सोमबारको तुलनामा शेयर संख्यामा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । नेप्सेका अनुसार चार उपसमूहको शेयर आज घटेको छ भने पाँच उपमूहको शेयर बढेको छ ।

बैंकिङ ३।५३, होटल ६।५३, फाइनान्स १।९८, उत्पादन १५।४४ र अन्य समूहको शेयर ०।७१ बिन्दुले बढेको छ । यस्तै विकास बैंक ०।१६, जलविद्युत् १६।४७, बीमा २८।६७ र माइक्रोफाइनान्स ९।५४ बिन्दुले घटेको छ ।

रिडी हाइड्रोको हकप्रद शेयर आउने

रिडी हाइड्रोले एकबराबर एक कित्ता हकप्रद शेयर दिने भएको छ । कम्पनीले स्टकलाई आज दिएको जानकारीअनुसार रु ५० करोड १० लाख ५५ हजार १०० बराबरको हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपश्चात् हकप्रद शेयर जारी गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार