दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार

28 Shares

ओखलढुंगाः जीप दुर्घटनामा परि गम्भीर घाइते दुईजनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाण्डौ लगिएको छ । सुनकोसी गाउँपालिका वडा नंं ८ मा आज विहान भएको दुर्घटनामा परेर घाइते भएकामध्ये सुनकोसी गाउँपालिका वडा नंं ८ का दिलकुमारी दर्जी र रोहित दर्जीलाई साँझ काठमाण्डौ लगिएको हो ।
दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचार हुन नसकेपछि हेलिकोप्टरबाट राजधानी पठाइएको सुनकोसी गाउँपालिका वडा नं. ५ का अध्यक्ष गोविन्दराम तामाङले बताउनुभयो । उनीहरुको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
रोकेर राखेको ना१५ख ८८४३ नम्बरको जीप सुनकोसी गाउापालिका वडा नं. ८ मा भीरबाट खस्दा जीपमा रहेका दुई जना यात्रुको ज्यान गएको थियो भने तीन जना घाइते भएको छ । एकजना घाइतेको ओखलढुंगामै उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार