दुई सय किशोरीलाई ‘सेल्फ डिफेन्स’ तालिम

280 Shares

ओखलढुंगा– राष्ट्रिय खेलकुद परिषदले ओखलढुंगाका दुइ सय किशोरीलाई सेल्फ डिभेन्स (आत्म सुरक्षा) तालिम दिएको छ । विद्यालय तहमा अध्ययनरत खेलकुद क्षेत्रमा लागेका किशोरीहरुलाई जिल्ला खेलकुद विकास समितिको समन्वयमा जिल्लामा पहिलो पटक सेल्फ डिफेन्स तालिम आयोजना गरिएको हो ।
राष्ट्रपति खेलकुदमा महिला सहभागीता कार्यक्रम अन्र्तगत खेलकुद क्षेत्रमा लागेका र खेल क्षेत्रमा आउन इच्छुक विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई तालिम दिइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रुपलाल तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार महिला हिंसा विरुद्ध हाम्रो संकल्पः खेलकुदमा महिला सहभगिता उत्तम विकल्प भन्ने नारासहित आफुमाथि हुने संभावित हिंसाबाट जोगिएर प्रतिवाद गर्न तालिममा सिकाइएको छ ।
सेल्फ डिफेन्स सिक्दै किशोरी

परिषद्का प्रशिक्षहरुले किशोरीहरुलाई उद्योग बाणिज्य संघको हलमा दुई दिनसम्म हिंसाबाट जोगिन प्रतिवाद गर्ने शारिरीक उपायका बारेमा सिकाएका छन् । विद्यायलका खेल शिक्षक सहित राखेर किशोरीहरुलाई हिंसाको प्रतिवाद गर्न र खेलकुद क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले तालिम दिइएको बताइएको छ । तालिममा विभिन्न खेलक्षेत्रमा आबद्ध र खेलकुदमा चासो राख्ने विभिन्न सामुदायिक र निजी विद्यालयका किशोरी सहभागी छन् ।                                                                                                         

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार