मुस्ताङमा ट्रिपर दुर्घटना, १५ मजदुरको मृत्यु, १७ जना घाइते

Facebook Debugger

मुस्ताङ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरी हवल्लार कृष्णगोपाल परियारले जानकारी दिए ।

सांकेतिक तस्वीर

ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् । उनीहरु चढेको चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हवल्लार परियारले बताए । दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने १२ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पर्खिरहेको घटनास्थलमा रहेका प्रहरी हवल्दार परियारले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीसहितको टोली पनि घटनास्थलतर्फ गएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार