उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

147 Shares

काठमाडौं । उरुग्वेलाई २–० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई सहज जित दिलाए । ग्रिजम्यानले डी एरिया बाहिरबाट प्रहार गरेको सट उरुग्वेका गोलकिपर फर्नान्दो मुस्लेराले राम्रोसँग क्लियर नगर्दा गोलपोष्टभित्र छिरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार