घुस लिएको आरोपमा इञ्जिनीयर खड्का पक्राउ

168 Shares

बाँके । बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का एक लाख घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले गए राति नेपालगञ्जको बिपी चोकस्थित दङाली केसी मम सेन्टरबाट एक लाखसहित इञ्जिनीयर खड्कालाई थलामै पक्राउ गरेको हो ।
गाउँपालिकाको वडा नं ६ हिरिमिनियास्थित माटो पटान तथा ग्राभेल सडक निर्माणको कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग खड्काले घुस मागेको आयोगका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार