बेल्जियमलाई हराउँदै १२ वर्षपछि फ्रान्स विश्वकपको फाईनलमा

Facebook Debugger

काठमाडौं । विश्वकपको सेमिफाईनल खेलमा बेल्जियमलाई हराउँदै १२ वर्षपछि फ्रान्स फाईनलमा पुगेको छ । फ्रान्सले बेल्जियमलाई १–० गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको हो ।

दोस्रो हाफको ५१ औं मिनेटमा कर्नरकिकको बललाई हेडले गोल गर्दै फ्रान्सका डिफेन्डर स्यामुअल उमटीटीले अग्रता दिलाएका थिए । बेल्जियमले फ्रान्सको पोष्टमा ९ पटक चार्ज गरेपनि गोल गर्न सकेन । अन्ततः उमटीटीको गोलले नै फ्रान्सलाई विश्वकपको फाईनलमा पु¥यायो ।

चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो । बलमाथि वेल्जियमको नियन्त्रण बढी भए पनि गोल गर्दा खेल जित्न फ्रान्स सफल भयो । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो ।
अब फ्रान्सले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेतासँग फाईनल खेलमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार