चलखेलका कारण अड्कियो धरहरा पुनर्निर्माणको काम

  पत्रपत्रिका
126 Shares

काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलका कारण अड्केको नागरिक दैनिकमा खबर छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्य अगाडि बढाउन मंगलबार टेन्डरको टुंगो लगाउने तयारी गरेको थियो । तर ठेकेदारको चलखेलका कारण सात दिन म्याद थप गरिएपछि धरहरा पुनर्निर्माण पछाडि धकेलिएको हो ।
ठकेदार कम्पनीले फर्जी कागजपत्र पेश गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । नागरिक दैनिकका अनुसार सोही उजुरी छानबिनका लागि टेन्डर प्रक्रिया सात दिन स्थगित गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार