५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

सिराहमा सर्पदंशबाट एकको मृत्यु


२७ असार २०७५, बुधबार  

0
Shares

लहान, विषालु सर्पदंशबाट सिरहाको गोलबजारमा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका–८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउ रहेका छन् । घरमै खाना खाएर सुत्न जाने बेलामा उराउलाई गोमन सर्पले टोकेको थियो ।

सर्पले टोकेलगत्तै उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश उपचार केन्द्र चोहर्वामा भर्ना गरिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि धरान लग्दैगर्दा बाटोमै उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।

प्रकाशित मिति : २७ असार २०७५, बुधबार  ५ : १५ बजे