सुशासनको नयाँ इतिहास रच्ने : प्रधानमन्त्री ओली

77 Shares

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताएको छ ।

“सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु,” उहाँले भने, “म दाग र धब्बारहितरुपमा काम गर्छु, भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि सक्दिन, सुशानको नयाँ इतिहास रचना गर्छु, राष्ट्र निर्माणको महाअभियानमा सरकार जुटेको छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई आज यहाँ अर्पण गर्दै उहाँले सो कुरा बताएको हो ।

प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो गर्दैन् भने।

सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उहाँले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु हुँदैन, यसमा सरकार सचेत छ भने ।

“जीवनभर लोकातन्त्र ल्याउन लड्ने व्यक्ति र पार्टी जनताको दिएको आदेशअनुसार प्रधानमन्त्री हुँदा कसरी लोकतन्त्र खतरामा पर्छ रु” उहाँले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्री पद सम्हालेको दिनदेखि नै आलोचना समालोचना हुन शुरु गरेको उल्लेख गर्दै स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले नेपाल र भारत, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै छिमेकीसित नयाँ सम्बन्ध स्थापित भएको बताए।

युवालाई प्रोत्साहन र पाकालाई सम्मान सरकारले गर्ने चर्चा गर्दै उहाँले विसं २०५१ मा आफू मन्त्री हुँदा शुरु भएको स्रष्टा सम्मान कार्यलाई विस्तारसमेत गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कला, साहित्य, भाषाले देशको समृद्धिलाई सहयोग गर्ने चर्चा गर्दै भाषा, संस्कृति, कला देशका ऐना हुन् भने ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गर्ने ध्येय मन्त्रालयको छ भने।

“प्रतिपक्षलाई पेलेर होइन, साथ र सहयोग लिएर सरकारले काम गर्छ,” उहाँले भने ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले पुरस्कारका लागि स्रष्टा चयन गर्दा मापदण्ड बनेको जानकारी दिए ।

भगत सर्वजित प्रतिष्ठानका अध्यक्ष छविलाल विश्वकर्माले ओझेलमा परेका स्रष्टालाई बाहिर ल्याई सम्मान गर्ने परम्पराले स्रष्टाका आत्मविश्वास बढेको बताए ।

सम्मानित व्यक्तित्व विनय कसजुले स्रष्टा सम्मानले कला र साहित्यको श्रीवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण

सो अवसरमा प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण गरे ।

कार्यक्रममा विसं २०७४ को राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका पाँच स्रष्टालाई अर्पण गरियो ।

यसरी पुरस्कृत हुनुहुनेमा संस्कृति विधामा प्रा डा रञ्जना बज्राचार्य ९काठमाडौँ०, संगीत तथा नाट्य विधामा प्रचण्ड मल्ल ९काठमाडाँै०, ललितकला विधामा ठाकुरप्रसाद मैनाली ९काठमाडाँै० र भाषा तथा साहित्य विधामा प्रा डा केशवप्रसाद उपाध्याय रहेका छन्।

सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

यसैगरी सोही वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कारबाट पाँच विधाका पाँच जना स्रष्टालाई प्रदान गरियो ।

यसरी पुरस्कृत हुनुहुनेमा कविता विधामा कञ्चन पुडासैनी९काठमाडौँ०, निबन्ध विधामा तेजराज खतिवडा ९झापा०, बाल साहित्य विनय कसजु ९पाल्पा०, भाषा साहित्यमा महेश्वरराय जलेश्वर र आख्यान विधामा अभि सुवेदी ९तेह्रथुम० हुनुहुन्छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

यसैगरी मन्त्रालयले यस वर्षदेखि शुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटक विधामा नरेश शाक्य ९सुनसरी० र प्रा डा मोहनहिमांशु थापा ९काठमाडौँ०लाई अर्पण गरिएको छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

यसैगरी कार्यक्रममा भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दलित मुक्ति आन्दोलन क्षेत्रबाट पदमलाल विश्वकर्मा ९इलाम०, समाज सुधार अभियान क्षेत्रबाट दलवीर विश्वकर्मा९काठमाडौँ० र लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रबाट राजेन्द्रकुमार महर्जन९काठमाडौँ० लाई अर्पण गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

कार्यक्रममा विभिन्न चार विधाका प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न स्रष्टालाई सम्मानित गरिएको छ ।

यो पुरस्कार पाउनुहुनेमा सस्कृति विधातर्फ प्रदेश १ बाट प्राडा गोविन्दमान सिंह कार्की ९भोजपुर०, प्रदेश नं २ बाट डा पशुपतिनाथ झा ९महोत्तरी०, प्रदेश नं ३ बाट उद्धवप्रसाद भट्टराई ९काभ्रेपलाञ्चोक०, प्रदेश ४ बाट डा दीनबहादुर थापा ९बाग्लुङ०, प्रदेश ५ बाट प्रतिभा पुन ९ रुपन्देही०, प्रदेश ६ बाट रमानन्द आचार्य ९जुम्ला० र प्रदेश ७ बाट मणिराज जोशी ९कैलाली० छ ।

यसैगरी संगीत तथा नाट्य विधातर्फ प्रदेश १ बाट नारायण ओली ९झापा०, प्रदेश २ बाट प्रियका झा ९धनुषा०, प्रदेश ३ बाट सुनिता दुलाल ९भक्तपुर०, प्रदेश ४ बाट इतु जोजिजु ९कास्की०, प्रदेश ५ बाट सरस्वती चौधरी, प्रदेश ६ खर्कबहादुर बुढा र प्रदेश ७ बाट सुधादेवी चाड छ ।

त्यस्तै, ललितकलातर्फ प्रदेश १ बाट गोपालप्रसाद कलाप्रेमी ९मोरङ०, प्रदेश २ बाट सीतादेवी कर्ण ९धनुषा०, प्रदेश ३ बाट सौरगंगादर्शनधारी ९काठमाडौँ०, प्रदेश ४ बाट सुनील सिग्देल ९कास्की०, प्रदेश ५ बाट नरेन्द्रप्रसाद भण्डारी ९गुल्मी० प्रदेश ६ बाट झिग्मे तामाङ ९मुगु० र प्रदेश ७ बाट दीपक आउजी ९कैलाली० छ ।

यसैगरी भाषा तथा साहित्य विधातर्फ प्रदेश १ बाट प्रा डा भोलानाथ पोखरेल ९सुनसरी०, प्रदेश २ बाट विनिता ठाकुर ९धनुषा०, प्रदेश ३ बाट नरेन्द्रराज पौडेल ९सिन्धुपाल्चोक०, प्रदेश ४ बाट महेश्वर शर्मा ९स्याङ्जा०, प्रदेश ५ डा दुवीन्द ढकाल ९गुल्मी०, प्रदेश ६ बाट बलभद्र भारती ९सुर्खेत० र प्रदेश ७ बाट चन्द्रदेव जोशी ९दार्चुला० छ ।
उक्त पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार