खालिङ राई भाषाको गीतलाई राष्ट्रिय अवार्ड

231 Shares

काठमाडौं । किरात खालिङ राई भाषाको गीतले पहिलो पटक राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । “देल्कम् हेङ् मोओ रैछ” बोलको खालिङ गीत मार्फत गायक पूर्ण राईले सर्वोत्कृष्ट गायनको अवार्ड जितेका हुन् । गीतको रचना गायक स्वयमले गरेका हुन ।  गीतको संगीत र संगीत संयोजन पबिधन खालिङको रहेको छ ।
नेपाल भाषिक-सांस्कृतिक विविधता भएको मुलुक भएता पनि नेपाली भाषा अन्तरगतका विभिन्न राष्ट्रिय अवार्ड तथा सम्मान कार्यक्रमहरु मात्र हुदै आईरहेको थियो । त्यो सिलसिलाको क्रम भङ्गता गर्दै National Power News & Media Entertainment प्रा.लि ले पहिलो पटक ऐतिहासिक म्युजिक अवार्ड “National Power News Music Award – 2018” भव्यतापुर्वक सम्पन्न गरेको छ । यस अवार्ड कार्यक्रममा चलचित्र, आधुनिक, लोकपप, लोकगीत तथा भाषिक विधाबाट राई, मगर, गुरुङ, शेर्पा, लिम्बु, थारु, नेपाल भाषा, तामाङ लगायत दर्जनौ भाषिक गीतहरु समाबेश गरिएका थिए । सर्वोत्कृष्ट रचना, संगीत, गायन, म्युजिक भिडियो तथा कृटिक्स अवार्ड प्रदान गरिएको यो समारोहमा देशकै बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति सहित कलाकारहरुको दमदार प्रस्तुतिले समारोह उदाहरणिय तुल्याएको थियो ।

नेपालको पहिलो समाबेशी अवार्ड समारोहका प्रमुख अथिति कानुन तथा न्याय मन्त्री शेरबहादुर तामाङ तथा नेपाली राष्ट्रियगानका रचनाकार प्रदिप कुमार राई (ब्याकुल माईला) ले संयुक्त रुपमा सर्वोत्कृष्ट कलाकारहरुलाई अवार्ड प्रदान तथा सम्मान गर्दै सिंगो देश भित्र रहेका सयौ भाषिक सिर्जनाहरुलाई एउटा मालामा उन्दै नेपाल र नेपालीको शीर उचो बनाउन ऐतिहासिक कदमको शुरुवात गरेकोमा आयोजकलाई धन्यावाद ब्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार