भारी वर्षाका कारण अवरुद्ध राजमार्ग खुल्यो

56 Shares

बनेपा, बाढीका कारण अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालन भएको छ ।

बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अवरुद्ध भएको अरनिको र बिपी राजमार्ग दुवै सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए।

यसैबीच, नमोबुद्ध नगरपालिका–६ खाक्सिस्थित खानेपानीको काम गरिरहेका रोशी खोलाको बीचमा परेको दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सी र दाप्चाका लागि लिफ्टिङ खानेपानी आयोजनामा खोलामा इनार खनिरहेका डोजर अपरेटर नमोबुद्ध नगरपालिका–७ दाप्चाका नारायणगोपाल श्रेष्ठ र सहचालक धुलिखेल नगरपालिका–२ का कान्छा तामाङलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दुवै जना खोलामा काम गरिरहेको अवस्थामा एक्कासि खोला बढेर दुवै तर्फबाट बाढी पसेपछि बीचको अग्लो ढुंगामा बसिरहेको अवस्थामा दुवैजनाको उद्धार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार