सभापति देउवाद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

Facebook Debugger

काठमाडौँ, नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक थाङपाल गाउँपालिका सल्लेमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीबाट भोताङ जाँदै गरेको लु१च ९९९ नंको जीप बिहीबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएका थिए ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

साथै सभापति देउवाले उक्त घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार