२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

सिंहदरबार अघिको आगलागी नियन्त्रणमा


२९ असार २०७५, शुक्रबार  

0
Shares

ढोका अघिको विद्युत् खम्बामा लागेको आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

अपराह्न करीब ३ बजेतिर ट्रान्समिटर भएको खम्बाको तारमा आगलागी भएपछि नेपाली सेनाको दमकलले नियन्त्रणमा लिएको वृत्तका प्रहरी नायब निरीक्षक धनबहादुर तामाङले राससलाई जानकारी दिए ।

विद्युत्को लाइनबाट भएको आगलागीसँगै जञ्जालका रुपमा जेलिएको केवल सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायकलगायत तारका कारण आगलागी फैलिएको थियो ।

तार जलेर नष्ट भए पनि मानवीय एवम् अन्य धेरै भौतिक क्षति भने हुन पाएन । समयमै नेपाली सेनाको दमकल आइपुगेकाले ट्रान्समिटर पनि जल्न नपाएको प्रहरी नायब निरीक्षक तामाङले बताए।

राजधानीको प्रमुख र व्यस्त प्रशासनिकस्थल अघिको आगलागीले पैदल यात्रु, सवारीसमेत केही समय रोकिएको थियो ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार  १ : ०६ बजे