किरात प्रदेश नामाकरणमा मेरो मुख्य भूमिका रहन्छ : मुख्यमन्त्री राई

Facebook Debugger

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संवैधानिक दायराभित्र रहेर प्रदेशको नामाकरणमा आफूले मुख्य भूमिका खेल्ने बताएका छन् । किरात राई यायोक्खा मोरङ जिल्ला समितिको ज्ञापनपत्र लिदै मुख्यमन्त्री राईले प्रदेश नं. १ लाई किरात प्रदेश नामाकरणमा मुख्य भूमिका खेल्ने बताएका हुन् ।

यायोक्खा मोरङका अध्यक्ष तिलक राई नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई भेटेरै ज्ञापनपत्र बुझाएको हो । उनले संवैधानिक दायराभित्र रहेर किरात प्रदेश नामाकरणमा भूमिका खेल्ने बताएको पत्रकार अर्जुन जम्नेलीले बताए ।
‘प्रदेशको नाम किरात प्रदेश राख्ने विषयमा मुख्यमन्त्री शेरधन राईलाई स्मरणपत्र बुझाइयो,’ यायोक्खाका केन्द्रीय सदस्य समेत रहेका उनले भने, ‘मुख्यमन्त्री राईले संवैधानिक दायराभित्र रहेर किरात प्रदेशको नामाकरणको मध्यस्थता गर्ने आश्वासन दिनुभएको छ ।’
यायोक्खाले किरात प्रदेश नामाकरणका लागि यसअघि नै मुख्यमन्त्री राई, सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापनपत्र र २५ लाख हस्ताक्षर बुझाएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार