राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

Facebook Debugger

काठमाडौँ, राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएको छ ।

सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।

आजको बैठकमा समसामयिक विषय र पार्टीको आगामी भूमिकाबारे छलफल भइरहेको पनि उहाँले जानकारी दिए ।

बैठकमा समसामयिक, राजनीतिक परिस्थिति र संसद्मा पार्टीको भूमिकालगायत विषयमा छलफल भइरहेको कर्णले जानकारी दिए । संसदीय दलको बैठक अहिले पनि जारी छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार