गण्डकी प्रदेशमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्दै

Facebook Debugger

पोखरा, प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए ।

उहाँका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी गरिसकेको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि गण्डकी प्रदेशमा पहिलोपटक प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको हो ।

पोखरा विश्वविद्यालयको १९ औँ वार्षिक साधारणसभामा विश्वविद्यालायका कुलपतिका हैसियतमा सभाको अध्यक्षता गर्न प्रधानमन्त्री ओली आज पोखरा आउन लागेको हो ।

साधारणसभाले विश्वविद्यालयको आव २०७४÷७५ को वार्षिक कार्यप्रगतिको समीक्षाका साथै आव २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट पारित गर्ने सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आजै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्नुहुने कार्यक्रम तय भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार