महिला अधिकारकर्मी सम्मानित

7 Shares

काठमाडौँ, महिला हिंसा अन्त्य र महिला अधिकार सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएका सातजना अधिकारकर्मीसहित दुईजना सञ्चारकर्र्मी सम्मानित भएको छ ।

राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा फोटो पत्रकार चन्द्रकला क्षेत्री ९नयाँ पत्रिका काठमाडौँ०, सञ्चारकर्मी हरि गौतम ९रुकुम कान्तिपुर० लाई सम्मान गरिएको हो

यसैगरी सम्मानित हुनेमा मायाँ गुरुङ ९ताप्लेजुङ०, बबिताकुमारी जैसवाल ९बारा०, उमाकुमारी सुवेदी ९मकवानपुर०, रीता शर्मा ९बागलुङ०, शारदा डाँगी ९रुकुम०, तीर्थकुमारी जिसी ९सुर्खेत० र देवकुमारी खाती ९बाजुरा० हुनुहुन्छ । सम्मानित हुनेलाई १५ हजार नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उहाँहरुलाई सम्मान एवं नगद पुरस्कार अर्पण गर्दै महिला अधिकारको क्षेत्रमा रहेको संवैधानिक प्रावधानलाई व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्ने खाँचो रहेको बताए ।

उहाँले अब राष्ट्रिय महिला आयोगले संवैधानिक आयोगका रुपमा काम गर्ने बताउँदै यसका लागि आवश्यक कार्यहरु मन्त्रालयले तयारी गरिरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार