ने.वि संघको विरोध प्रदर्शन

0 Shares

काठमाडौँ, प्रा डा गोविन्द केसीको माग सम्बोधन हुनुपर्ने माग गर्दै नेपाल तरुण दलले आज पनि माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो ।

आजको विरोध प्रदर्शनमा उक्त दलका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिए ।

नयाँ बानेश्वरमा भएको विरोधसभामा काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ, ललितपुर जिल्ला सभापति मदन अमात्य तथा भक्तपुर लिल्ला ा सभापति दुर्लभ थापालगायतले प्र डा केसीसँग वार्ताको पहल गर्न सरकारलाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार