थुलुङदूधकोशी गाउँपालिकामा लक्ष्मी बैंकको शाखा स्थापना

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा पहिलोपटक लक्ष्मी विकास बैंकको शाखा सञ्चालनमा आएको छ । उक्त गाउँपालिकामा मंगलबारबाट लक्ष्मी विकास बैंकले सेवा शुरु गरेको हो ।
नेपाल राष्ट्र बंैकले दिएको सहमतिअनुसार मंगलबारदेखि औपचारिकरुपमा सेवा शुरु गरेको शाखा प्रबन्धक प्रयास अधिकारीले जानकारी दिए ।

फाईल तस्वीर

साविक सात वटा गाविसलाई समेटेर बनाइएको उक्त गाउँपालिकामा हालसम्म कुनै पनि बैंक सञ्चालनमा नआउँदा यहाँका स्थानीय आर्थिक कारोबारका लागि एक दिनसम्मको यात्रा गरेर सदरमुकाम धाउन बाध्य थिए । “अब एक दिन हिँड्नुपर्ने बाध्यता हट्यो” गाउँकार्यपालिका सदस्य बुद्धिराज राईले भने, “एकैदिनमा आर्थिक कारोबार गरेर सहजै घर फर्कन सकिन्छ ।”
गाउँपालिकामा बैंकको शाखा स्थापना भएपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय हर्कराज राईले सामान्य योजना सञ्चालनको लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटेको भन्दै खुशी व्यक्त गरे । उनले भने, “ संहदरबारको अधिकार गाउँगाउँमा आउँछ भन्ने विश्वास बढ्यो ।”
सोलुखुम्बुको स्थानीय तहमा नयाँ बैंकको शाखा स्थापना हुने गाउँपालिकामध्ये थुलुङदूधकोशी पहिलो गाउँपालिका बनेको छ । सेवा सुचारु गरेको पहिलो दिन मंगलबार तीन दर्जनले खाता खोलेको बैंकले जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार