काभ्रेमा बस दुर्घटनामा २८ घाइते

133 Shares

बनेपा, बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् ।

भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

खड्काका अनुसार घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार