सोलुखुम्बु प्रदेश १ ‘क’ साँसद उत्तमकुमार बस्नेतले ५ महिनामा के के गरे ?

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बु प्रदेश १ ‘क’ का सांसद उत्तमकुमार बस्नेतले प्रदेशसभामा सफत लिएको ५ महिना बितेको छ । साँसद बस्नेतले ५ महिने अवधिमा नेपाल र चीनको सीमा नाकामा रहेको नाङपालादेखि राष्ट्रिय गौरबको आयोजना दुधकोशी करिडोर सडकको विषयमा प्रदेशसभा बैठकमा कुरा राखे ।

सोलुखुम्बु प्रदेश १ ‘क’ का सांसद उत्तमकुमार बस्नेत ।

निर्वाचित भएको ५ महिनाभित्र साँसद बस्नेतले थुप्रै कामहरु गरेका छन् । सडक, जडिबुटी, कृषि, जलस्रोत, शिक्षा, स्वास्थ्य, विद्युत र खानेपानीको आधारभूत आवश्यकतालाई पहिचान गरी प्रदेश ‘क’ को क्षेत्राधिकारभित्र गुरुयोजना बनाएर विकास गर्ने बताए ।
निर्वाचित भएपछि पटक पटक जिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा सांसद बस्नेत विभिन्न कार्यक्रममा पुगेका छन् । निर्वाचनको बेला जनतासँग गरेका प्रतिबद्धताहरु कार्यान्वयन गर्ने चरणमा लागि परेका उनले ५ महिनामा धेरै काम गरेका छन् ।
प्रदेश १ का सांसद उत्तमकुमार बस्नेतले ५ महिनामा गरेका मुख्य कामहरुः
१. नेपाल र चीनको सीमानामा रहेको नाङपाला नाकामा प्रदेश १ का मुख्यमन्त्रीद्धारा नीरिक्षण गर्न लगाई नाका खोल्न प्रदेश सरकार मार्फत केन्द्रीय सरकारलाई परिपत्र गर्न अनुरोध ।
२. दुधकोशीको दिप्लीघाट र वाकुमा मोटरेबल पुलको लागि रकम विनियोजन ।
३. गुदेल, भोजपुर, मोटरबाटो जोड्ने ट्रयाकको गुरुयोजना निर्मार्ण ।
४. अम्रास हुँदै भूमेस्थान जोड्ने मोटरबाटोको निर्मार्ण ।
५. लोखिमबाट काहुले हुँदै गुदेल जोड्ने मोटरबाटोको निर्मार्ण ।
६. बुङ साप्दीबाट छेस्काम जोड्ने मोटरबाटोको स्तरउन्नती ।
७. प्रदेश क्षेत्रभित्र रहेको प्रत्येक वडामा मोटरबाटोको ट्रयाक खोल्ने गुरु योजना निर्माण ।
८ . रोक्तीदेखि दिप्लीघाटसम्म मोटरबाटोको स्तरउन्नती ।
९. जुबु, लोखिम र काँगेलभित्र सडकको ट्रयाक नभएको क्षेत्रमा सडकको पहुँच पु¥याउने गुरु योजना निर्माण ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार