प्रहरी हाकिमको घरमा खटाईएका प्रहरीलाई गाउँमा खटाउनु पर्छ : सांसद सुनुवार

  बुद्धवीर बाहिङ
189 Shares

काठमाडौं । ओखलढुंगा जिल्ला प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा अन्तर्गत सबै स्थानीय तहहरुको केन्द्रमा बैंकहरु स्थापना गर्ने कुरा सुरक्षा अभावका कारण अझै स्थापना नभएको बताएका छन् । मापदण्ड विपरित निजी सुरक्षा र प्रहरी हाकिमको घरमा खटाइएका सुरक्षाकर्मीलाई गाउँगाउँमा जनता र बैंकको सुरक्षार्थ खटाउनु पर्ने बताएका हुन् ।

प्रतिनिधी सभा बैठकको शुन्य समयमा बोल्दै सांसद सुनुवारले गाउँपालिकामा सुरक्षा अभावका कारण बैंक स्थापना हुन नसकेकाले ती प्रहरीहरुलाई गाउँपालिकामा खटाउनु पर्ने बताएका हुन् ।
सांसद सुनुवारले देशका विभिन्न भागमा महिला र बालिकामाथि भएको बलात्कारको घटनालाई सरकारले गम्भिर रुपमा लिनु पर्ने बताएका छन् । ‘सडकमा गुञ्जिगरेको छ, संविधानमा राखिदिउ, बलात्कारीलाई फाँसी दिऊ’ सांसद सुनुवारले भने ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस । 
https://youtu.be/xkUOnuXHRhE

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार