केहि दिनको वर्षाले जताततै पहिरो मध्यपहाडी लोकमार्ग अवरुद्ध

14 Shares

बागलुङ । अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ । काठेखोला गाउँपालिका–१ पालामा गएको पहिरोले गएरातिदेखि नै लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् ।

बिहानैदेखि पहिरो हटाउने काम शुरु भएको प्रहरीले जनाएको छ । दिउँसोसम्म सडक सञ्चालन हुने अक्षेते प्रहरी चौकीका हवल्दार किशोर भण्डारीले जानकारी दिए । ‘डोजर लगाएर काम भइरहेको छ, प्रहरी टोली पनि खटिएको छ,’ उहाँले भने, ‘ठूलो पहिरो गएका कारण समय बढी लाग्ने देखिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार