पर्वत जिल्ला कमिटमा नेकपाको १३५ सदस्य

Facebook Debugger

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको १३५ सदस्यीय कमिटीको टुंगो लागेको ।
पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको नेकपा (एमाले) बाट ७२, नेकपा (माओवादी केन्द्र) बाट ५८ तथा मनोनित पाँच सदस्य गरी कमिटीको टुंगो लगाएको हो । पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी कमिटीको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिए ।
“पाँच सदस्यको सहमतिका आधारमा टुंगो लगाइनेछ,” उनले भने । कमिटीका एक सय ३० जनाको नामावली आज सार्वजनिक गरिनेछ भने सहमतिका आधारमा पदाधिकारी टुंगो लगाइने बताइएको छ । सहमतिमा अध्यक्ष र सचिव टुंगो लगाउने प्रयास भइरहेको कार्यदलका संयोजक एवं नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार