४ दिनसम्म खोज्दा पनि भेटिएन बेपत्ता विद्यार्थी, गोताखोर टोली फर्कियो

५ दिनपछि पुनः २ बेपत्ता विद्यार्थीको खोजी गर्न जाने

Facebook Debugger

सोलुखुम्बु । गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ विद्यार्थीमध्ये २ जनालाई ४ दिनसम्म खोज्दा पनि नभेटिएपछि सशस्त्र प्रहरी बलको गोताखोर टोली फर्किएको छ । गत बुधबार विहानदेखि हिमतालमा खोजी गरेको गोताखोर टोलीले २ घण्टापछि पेम्बानोर्बु शेर्पाको शब भेट्टाए पनि बाँकी २ जना विद्यार्थीलाई ४ दिनसम्म खोज्दा पनि नभेटेपछि गोताखोर टोली फर्किएको हो ।

उच्च हिमाली क्षेत्रमा हिमतालको पानीभित्र गएर खोजीकार्य गर्नुपर्ने भएकाले ४ दिनसम्म लगातार रुपमा खोजीकार्य गर्दा गोताखोर टोलीका सदस्यलाई चिसोका कारण समस्या भएको थियो । अत्याधिक चिसोका कारण गोताखोर टोलीको स्वास्थ्यमा देखिएको समस्या र प्रतिकुल मौसमका कारण खोजीकार्यलाई बन्द गरी गोताखोर टोली फर्किएको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए ।
खोजीकार्यमा सशस्त्र प्रहरी बलको २ गोताखोर सहित ५, नेपाली सेनाका ५, नेपाल प्रहरी ५ र स्थानीय जनप्रतिनिधी एवं स्थानीय १६ गरी ३१ जनाको टोलीले लगातार ४ दिनसम्म गोक्यो हिमतालमा बेपत्ता विद्यार्थीको खोजीकार्य गरेको थियो । खोजीकार्यमा संलग्न टोलीले ५ दिनपछि पुनः २ बेपत्ता विद्यार्थी पेम्बादोर्जी शेर्पा र सुनिल बराईलीको खोजी गर्ने पनि वडा अध्यक्ष अधिकारीले बताए ।

खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ का विद्यार्थी साउन १८ गते शैक्षिक भ्रमणमा गोक्यो क्षेत्र गएका थिए । १९ गते गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा डुबेर ३ जना विद्यार्थी बेपत्ता भएका थिए । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको अनुमतिविनै शैक्षिक भ्रमणमा लगेको भन्दै २ शिक्षक छुङजिङदोर्जे शेर्पा र रञ्जित बललाई विव्यासको बैठकले निलम्बन गरिसकेको छ ।

यो पनि हेर्नुहोस ।

बेपत्ता विद्यार्थी खोज्ने गोताखोर टोलीलाई अत्याधिक चिसोले सतायो

गोक्यो हिमतालमा दिनभर बेपत्ता विद्यार्थीको खोजी, तर भेटिएन [भिडियो सहित]

गोक्यो हिमतालमा विहानैदेखि बोटिङ, साँढे ९ बजेबाट स्वीमिङ शुरु [फोटो फिचर]

शवको पहिचान खुल्योः पेम्बानोर्बु शेर्पाको शव गोक्यो हिमतालबाट निकालियो

विना अनुमति शैक्षिक भ्रमणमा लैजाने शिक्षक निलम्बित

गोक्यो हिमतालमा डुबेर बेपत्ता ३ विद्यार्थीमध्ये १ को शव भेटियो

गोक्यो हिमतालमा बेपत्ता विद्यार्थीको खोजी भोली विहानबाट हुने

हेलचेक्र्याइँले गयो गोक्यो हिमतालमा ३ विद्यार्थीको ज्यान

गोक्यो हिमतालमा बेपत्ता भएका विद्यार्थीलाई खोज्न गोताखोर टोली प्रस्थान

गोक्यो हिमतालमा यसरी बेपत्ता भएका थिए ३ विद्यार्थी [भिडियो सहित]

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार