युनाइटेड पिपुल्सको १ दिने गोष्ठी, मानिसले सिकेर कहिल्यै सकिदैन : प्रशिक्षक शर्मा

क्षमतावान भएर हुँदैन, सकारात्मक सोच आवश्यक : प्रबन्ध निर्देशक राई

Facebook Debugger

काठमाडौं । प्रशिक्षकको रुपमा ४५ वर्ष बिताएका कुशल प्रशिक्षक शम्भुप्रसाद शर्माले मानिसले सिकेर वा जानेर कहिल्यै नसकिने बताएका छन् । युनाइटेड पिपुल्सले आयोजना गरेको एक दिने गोष्ठीमा प्रशिक्षणको क्रममा मानिस जन्मेदेखि नमरुञ्जेलसम्म सिकाइकै क्रममा हुने भएकाले सिक्ने विषय कहिल्यै पूरा नहुने बताएका हुन् ।

कुशल प्रशिक्षकको छबि बनाएका शर्माले विभिन्न किसिमका प्रयोगात्क सामग्रीहरु प्रदर्शन गरेर गोष्ठिलाई थप सरल बनाएका थिए । प्रशिक्षकै रुपमा विश्वका विभिन्न देशमा प्रशिक्षण दिएका शर्माले देशको अवस्था र राज्य सञ्चालकको प्रवृत्तिको समेत कुरा गरेका थिए ।

युनाइटेड पिपुल्सका प्रबन्ध निर्देशक मानवीर राईले मानिस क्षमतावान भएर मात्र नहुने भन्दै त्यो मानिसमा सकारात्मक सोच समेत हुनुपर्ने बताएका छन् । कार्यक्रमको उद्देश्य माथी प्रष्ट्याउँदै प्रबन्ध निर्देशक राईले मानिसले सफलता पाउनका लागि आवश्य पर्ने जीवन उपयोगी सीपको बारेमा चर्चा गरेका थिए ।
मानिसले आफ्नो पृष्ठभूमी जे जस्तो भएपनि त्यसलाई जग मानेर अगाडि बढ्ने प्रयास गरियो भने जस्तोसुकै परिस्थितिमा पनि सफलता पाउन सकिने राईले बताए । ‘मानिसलाई अगाडि जानको लागि स–साना कुराले छेकेको हुन्छ’ प्रबन्ध निर्देशक राईले भने, ‘सपना विना कसैले प्रगती गर्न सक्दैन ।’
धेरै मानिसहरुले छोटो समयमै सफलता प्राप्त गरेको भएतापनि उचित व्यवस्थापन गर्न नसक्दा असफल भएको राईले बताए । ‘आफू वरिपरिको समाजलाई व्यवस्थापन गर्ने कोशिस गर्नु पर्छ’ राईले भने, ‘काममा निरन्तर रुपमा लागि रह्यो भने एक दिन अवश्य सफलताले तपाईको पाउ छुनेछ ।’

टिम विल्डिङ एण्ड इट्स स्ट्रेन्थ, इफेक्टिभ कस्टमर रिलेशनशिप म्यानेजमेन्ट र मोर्डन मोटिभेसन टेक्निक्स् गरी ३ वटा शीर्षकमा सहजीकरण गरिएको थियो । गोष्ठीमा ८० जनाले सहभागिता जनाएका थिए ।
गोष्ठिमा पर्यटन व्यवसायी, समाजसेवी, राजनीतिज्ञ, विद्यार्थी, शिक्षक, युवा लगायत विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वहरुको सहभागीता थियो ।
युनाइटेड पिपुल्स बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामकुमार थुलुङ र मुख्य प्रशिक्षक शम्भुप्रसाद शर्माले दीप प्रज्वलन गरेर गोष्ठीको उद्घाटन गरेका थिए । गोष्ठिमा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार